
१८ माघ, काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण बनेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलको ७१ औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाए । त्यस्तै ८० औं मिनेटमा मरिससका इमानुएल फलचन्दले रातोकार्ड पाएका छन् ।
खेलाडीबीच हात हालाहाल भएपछि रेफ्री नवीन्द्र महर्जनले तीन खेलाडीलाई रातो कार्ड दिएका हुन् । रातो कार्डका कारण दोस्रो हाफ केहीबेर तनावपूर्ण बनेको थियो ।
खेलको ११औं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर मरिससका खेलाडीले भने पाएको पेनाल्टी पनि सदुपयोग गर्न सकेनन् । नेपालका गोलकिपर किरण चेम्जोङले पेनाल्टी रोकेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4