+
+

दक्षिण कोरिया लगातार दशौं पटक फिफा विश्वकपमा छनोट

यी हुन् अहिलेसम्म विश्वकपमा छनोट भएका १५ टिम

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते ९:३२

१९ माघ, काठमाडौं । एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २-० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक विश्वकप खेलिसकेको छ । सन् २००२ मा घरेलु मैदान र जापानमा भएको विश्वकपमा सेमिफाइनल पुग्नु दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ट नतिजा हो ।

तेस्रो चरणको समूह ए को खेलमा दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । ५३ औं मिनेटमा किम र ७१ औं मिनेटमा क्वोनले गोल गरेका थिए ।

जितपछि ८ खेलबाट २० अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ । यसअघि नै शीर्ष स्थानको इरान विश्वकपमा छनोट भइसकेको छ ।

पछिल्लो खेलमा युएईलाई १-० ले पराजित गरेको इरान २२ अंकसहित शीर्ष स्थानमा छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई-दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् ।

समूह बी मा भने रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । जापानले साउदी अरेबियाको अपराजित यात्रा ब्रेक लगाइँदिदा अष्ट्रेलिया ओमानसँग बराबरीमा रोकिएको छ ।

मंगलबार जापानले साउदीलाई २-० ले हरायो भने अष्ट्रेलियाले ओमानसँग २-२ को बराबरी खेल्दै अंक बाँड्यो ।

पहिलो हारपछि पनि ८ खेलबाट १९ अंकसहित साउदी समूह बी को शीर्ष स्थानमै छ । १८ अंक जोडेको जापान दोस्रो स्थानमा छ भने अष्ट्रेलिया १५ अंकसहित तेस्रो स्थानमा छ  ।

विश्वकपमा छनोट हुन त्रिपक्षीय होड छ ।

अहिलेसम्म छनोट भएका १ टिम

युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स

दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना

एसिया : इरान, दक्षिण कोरिया

आयोजक : कतार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?