
१९ माघ, धनगढी। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपाल कैलालीले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको हो । साथै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडिसमेत नाराबाजी गरेका छन् ।
मोटरसाइकल र स्कुटर डोर्याएर धनगढी बजार क्षेत्रमा सरकारविरुद्ध नाराबाजीसहित प्रर्दशनमा उत्रिएका हुन् ।
सरकारले मंगलबारदेखि इन्धनमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनीसमेत दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4