+
+

आईसीसी टी-२० वरियता : कुशल भुर्तेल ५१ औं स्थानमा यथावत

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १७:३३

१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल भुर्तेल आईसीसी टी-२० क्रिकेटको ब्याटिङतर्फको वरियतामा ५१ औं स्थानमा कायम छन् ।

आईसीसीले अपडेट गरेको पछिल्लो वरीयता अनुसार कुशल ५१ यसअघिजस्तै ५१ औं स्थानमा छन् । यस्तै नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा झरेका छन् ।

बलिङतर्फ भने शीर्ष सयमा रहेका नेपालका कप्तान  सन्दीप लामिछाने ८४ औं स्थानमा छन् । गत वर्ष भएको ट्राई सिरिज टी-२० मा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरियतामा समावेश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?