+
+

बलेफी हाइड्रोको आईपीओ २७ गतेदेखि खुला हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते ११:३१

२० माघ, काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । आगामी २७ माघदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का स्थानीयका लागि आईपीओ जारी गर्ने भएको हो ।

१८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्नेछ । निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने उक्त समयमा पूर्ण आवेदन नपरेमा फागुन २७ गते सम्म खुला रहनेछ । आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?