+
+

राष्ट्र बैंकले बैंकसँग माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १५:५८

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको छ । सो ईकाईले अनुसन्धान गर्नका लागि भन्दै यस्तो विवरण उपलब्ध गराउन २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । विभागका निर्देशक रोशनकुमार सिग्देलले ढाँचासहित पत्राचार गरेर यस्तो विवरण उपलब्ध गराउन भनेका छन् ।

अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन । १० लाखभन्दा कम रकम भने नगदमै कारोबार गर्न पाउने व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्र बैंकले ७ लाखकै सीमा तोकेर विवरण माग्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

पछिल्लो समय भर्चुअल करेन्सीमा लगानी नगर्न राष्ट्र बैंकले चेतावनी दिदै आएको छ । क्रिप्टोकरेन्सी जस्ता भर्चुअल कारोबार अवैध रहेको भन्दै राष्ट्र बैंकले यस विषयमा कडा निगरानी गरिरहेको छ । भर्चुअल करेन्सीका विषयमा पनि अनुसन्धान गर्न सहज होस् भनेर अहिले ७ लाख रुपैयाँको विवरण मागिएको हुनसक्ने एक बैंकर बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?