
२१ माघ, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले २३ करोड भारुमा बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमिताभको दिल्लीको घरको नाम सोपान थियो । गुल्मोहर पार्कमा रहेको घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने खुलेको छैन । अमिताभको यो घरलाई अभ्नी बडेरले खरिद गरेका छन् । ४१८ स्क्वायर मिटरमा फैलिएको घर अमिताभले गत वर्षको ७ डिसेम्बर मा बेचेका थिए ।
अमिताभ मुम्बई आएपछि उनका माता–पिता पनि उनीसँगै आएका थिए । घर पुरानो भएकाले पनि अभ्नीले अब यसलाई नयाँ ढंगले तयार पार्नेछन् ।
अमिताभको मुम्बईमा चारवटा घर छन् । जसमध्ये अमिताभ र उनको परिवार जलसामा बस्दै आएका छन् । यस्तै, अमिताभको दुबईमा पनि भिल्ला छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4