+
+

रुसमा एकैदिनमा भएका कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै

रासस/सिन्ह्वा रासस/सिन्ह्वा
२०७८ माघ २१ गते १३:०५

२१ माघ, काठमाडौं । रुसमा गएको २४ घन्टायता एकैदिनमा भएको कोरोना भाइरस सङ्क्रमणदर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घन्टायता एक लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । यो संख्या एकैदिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ अहिलेसम्ममा तीन लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरूको संख्या बढेको पनि पाइएको छ । रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरूमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् ।

यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरूको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?