
२१ माघ, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौट विवादमा आइरहन्छिन् । आफ्नो अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने कंगना अब डिजिटल दुनियाँमा पनि प्रवेश गर्दैछिन् । उनी एलटी बालाजी र एमएक्स प्लेयरले निर्माण गर्न लागेको विवादित रियालिटी शो ‘लक अप’ होस्ट गर्ने तयारीमा छन् ।
यो शोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कंगना आक्रोशित देखिइन् । एक पत्रकारले उनलाई अभिनेत्री दीपिका पादुकोणले चलचित्र ‘गहराइयाँ’को प्रचारका क्रममा लगाएको पहिरनको विषयमा प्रश्न सोधेका थिए ।
यो प्रश्नले भड्किएकी कंगनाले भनिन्, ‘म यहाँ ती मानिसहरुको विषयमा बोल्न आएकी हुँ, जो बोल्ने हिम्मत राख्दैनन् । दीपिका आफैं विवादको विषयमा बोल्न सक्छिन् । उनीसँग चलचित्र प्रमोसन गर्नका लागि थुप्रै प्लेटफर्म छन् । म उहाँ उनको चलचित्रको प्रमोसन गर्न आएकी होइनँ ।’
कंगनाले प्रश्न सोध्ने पत्रकारलाई ‘गहराइयाँ’को पीआर टिमले प्रश्न सोध्न लगाएको आरोप समेत लगाइन् । कंगनाले यो विषयमा आफूले बाहिर गएर कुरा गर्ने भन्दै पत्रकारलाई जवाफ दिन आवश्यक ठानिनन् ।
प्रतिक्रिया 4