काठमाडौं । विश्व ब्याडमिन्टको जुनियर वरीयतामा नम्बर एक बन्न सफल युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्त्री शेरबहादुर देउवाले प्रिन्सलाई सम्मान गरेका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको जुनियरतर्फको विश्व वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लन सफल भएका थिए ।
ओलम्पिकबाट मान्यताप्राप्त खेलमा कुनै पनि नेपाली खेलाडी विश्व वरीयतामा शीर्ष स्थानमा पुग्दै इतिहास रचेको यो पहिलो अवसर हो ।
कोरोना महामारीका कारण पछिल्लो समय प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने भाग लिन पाएका छैनन् ।
युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सेन्ट्रल जोन महिला भलिबल च्यालेज्न कप २०२१ को विजेता नेपाली महिला टोलीलाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4