+
+

मोबाइल बैंकिङ र वालेटमा अन्तरआवद्धता लागू गर्न राष्ट्र बैंकको निर्देशन

६ महिनाभित्र पूर्ण रुपमा लागू गर्नैपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १७:३०

२१ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको यो निर्देशनसँगै अब कुनै वालेट जस्तै इसेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिनेछ । एउटा वालेटबाट अर्को कम्पनीको वालेटमा रकम पठाउन सकिने व्यवस्था यस अघि अनिवार्य थिएन । यस्तै व्यवस्था क्यूआरका लागि पनि लागू हुने राष्ट्र बैंकले बताएको छ ।

क्यूआर कोडमा ९५ प्रतिशत भन्दा ठूलो हिस्सा फोन पेको मात्रै थियो । अर्को कम्पनी स्मार्ट क्यूआरको सबै ठाउँमा सेवा विस्तार भइसनक्सदा भुक्तानीमा सर्वसाधराणलाई समस्या हुने गरेको थियो ।

फोन पेको क्यूआर र स्मार्ट च्वाइसको क्यूआर एक अर्कामा अन्तरआवद्धता नहुँदा भुक्तानीमा अप्ठेरो पर्ने गरेको थियो । अब एकले अर्काको क्यूआर सहजै स्वीकार गर्नुपर्नेछ ।

यसका लागि ६ महिनाको समय दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । उनका अनुसार ६ महिनाभित्र सबै कम्पनीहरुले सम्झौता गरी एक अर्कामा अन्तरआवद्धता भइसक्नु पर्नेछ । कुनै कारणले हुन नसके राष्ट्र बैंकलाई जानकारी गराउन समेत निर्देशन दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?