+
+

पाण्डे नेतृत्व सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

रासस रासस
२०७८ माघ २१ गते १९:०३

२१ माघ, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको १०० दिनमा भएका काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्णपालना गर्दै प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सवलीकरण, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ प्रदेश सरकारले काम गरेको र थुप्रै उपलब्धि हासिल भएको बताउनुभयो ।

प्रदेश सरकारले गठबन्धनमा सहभागी दलका सहभागितामा प्रभावकारी सेवा प्रवाह, दीगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवर्द्धन, गरिबी निवारण, शासकीय सुधार, भष्टाचार निवारण, सुशासन प्रवर्द्धनलगायत उद्देश्य पूरा गर्न प्रदेशको स्रोत, साधन, सामर्थ्य र संयन्त्रलाई प्रभावकारी ढङ्गले र अभियानकैरुपमा परिचालन गर्ने नीतिसहितको बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए ।

साथै उनले प्रदेश सरकारले यहाँका स्थायी बासिन्दाको उपचारको लागि रक्त सञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताए । यससँगै प्रदेशवासीले अब ब्लड बैङ्कबाट रगत लिँदा तिर्नुपर्ने ब्यागको शुल्क प्रदेश सरकारले नै उपलब्ध गराइदिने भएको छ ।

प्रदेशका कृषकलाई सर्वसुलभरुपमा मल उपलब्ध गराउन रासायनिक मल कारखाना स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । वैदेशिक कम्पनीसँग सहकार्य गर्दै मल कारखाना निर्माण गरिने र त्यसका लागि आवश्यक तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

त्यसैगरी किसानलाई गुणस्तरीय र उन्नत बीउ विजनको प्रत्याभूति गराउन बीउ विजन प्रयोगशाला, हेटौँडालाई प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको रूपमा कार्य गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

बागमती प्रदेशभर अब सार्वजनिक सवारीसाधनमा यात्रुले डिजिटल प्रणालीबाट भाडा भुक्तानी गर्न सक्ने प्रबन्ध मिलाइने उनले बताए । उनले सार्वजनिक सवारीमा भाडा डिजिटलरुपमा भुक्तानी गर्ने प्रणाली कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।

त्यस्तै, मुख्यमन्त्री पाण्डेले सरकारले युवा वैज्ञानिक कोषमार्फत् नवप्रवर्द्धन क्षेत्रमा कार्य गर्ने युवा वैज्ञानिकहरूलाई प्रोत्साहनस्वरूप प्रदान गरिने अनुदानको लागि प्राप्त प्रस्ताव मूल्याङ्कनको क्रममा रहेको पनि जानकारी दिए ।

यो अवधिमा जनशक्ति व्यवस्थापन र कर्मचारीको अभिलेख व्यवस्थापन गर्न प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, बहुवर्षीय आयोजनाको छनौट तथा ठेक्कासम्बन्धी कार्यलाई व्यवस्थित बनाउन बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रूपान्तरण मार्गचित्र, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

त्यस्तै, प्रदेशभित्रका ११९ स्थानीय तहबाट एक जनाको दरले दलित, अल्पसङ्ख्यक, लोपोन्मुख र सिमान्तकृत जातिका विद्यार्थीलाई उच्च माध्यमिक तहको प्राविधिक विषय र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने महिलालाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । सञ्चार क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउन प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (तेस्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?