+

केपाले पेनाल्टी रोकेपछि चेल्सीको जित

२०७८ माघ  २२ गते २१:१४ २०७८ माघ २२ गते २१:१४
केपाले पेनाल्टी रोकेपछि चेल्सीको जित

काठमाडौं । अतिरिक्त समयको अन्त्यतिर पाएको पेनाल्टीमा रायर्न हार्डी गोल गर्न चुकेपछि चेल्सीले एफए कपमा प्लीमेटलाई हराएको छ ।

शनिबार भएको खेलमा लिग वानको टिम प्लीमेटले चेल्सीविरुद्ध आठौं मिनेटमा नै अग्ता लिएको थियो । उसका लागि म्याकोली गिलेस्फीले गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर सेजर अस्पिलिक्वेटाले चेल्सीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा एलोन्जोले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । तर ११८ औं मिनेटमा प्लीमेटले पेनाल्टी पायो । तर रायर्न हार्डीको पेनाल्टी प्रहारलाई चेल्सीका गोलरक्षक केपाले रोक्दै टोलीलाई जित दिलाए ।

 

 

चेल्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय