
२३ माघ, काठमाडौं । आज श्री पञ्चमी ।विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ ।
काठमाडौं उपत्यकाका स्वयम्भु, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको भीड छ ।
आजको दिन बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन भएकोले अभिभावकहरू बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षरारम्भ गरेका छन् ।
आजको दिन बालबालिका मात्र नभएर निरक्षर जुनसुकै उमेर समूहका व्यक्तिले मन्दिर पुगेर पढ्न् र लेख्न सुरु गर्ने गर्छन् । स्वयम्भूमा पनि बालबालिका मात्र नभई ज्येष्ठ नागरिक पनि अक्षरारम्भ गरिरहेका छन्।
यसदिन विद्यालय र कलेजहरुमा विशेष समारोहकाबीच सरस्वतीको पूजा गर्ने गरिन्छ ।
विकास श्रेष्ठले खिचेका स्वयम्भुमा अक्षरारम्भका केही तस्वीरहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4