
२३ माघ, काठमाडौं । अभिनेत्री शिल्पा मास्के चलचित्र ‘परस्त्री’को शीर्ष भूमिकामा देखिने भएकी छन् । फागुन २९ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको निर्माणपक्ष र शिल्पाबीच आइतबार लिखित सम्झौता भएको हो ।
डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा शर्मिला पाण्डेको लगानी रहनेछ । चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्न लागेका छन् । सुरजको यो डेब्यु निर्देशन हो । चलचित्रमा अभिनेता कोशिश क्षेत्री फाइनल भइसकेका छन् ।
अभिनेत्री शिल्पा मास्केले ‘ब्रेकअप, कागजपत्र’ लगायतका चलचित्रमा काम गरिसकेकी छन् । नेपाली चलचित्र क्षेत्रमा स्थापित हुने कोशिश गरिरहेकी शिल्पाका लागि यो चलचित्र कोसेढुंगा साबित हुनसक्ने बताइएको छ ।
चलचित्रको मुख्य नायिकाका लागि निर्माणपक्षले केही समय अगाडि अडिसनको आह्वान पनि गरेको थियो । तर, शिल्पा भने अडिसनबाट नछानिएको निर्माणपक्षले बताएको छ ।
निर्मात्री शर्मिला पाण्डेले आफूले बनाएका ‘आमा, चिसो मान्छे, लभ लभ लभ’ जस्तै यो चलचित्रले पनि दर्शकलाई निराश नबनाउने बताइन् ।
प्रतिक्रिया 4