+
+

जिल्ला प्रशासन कार्यालय गुल्मीले पालिका अनुसार दिन तोकेर सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १६:१९

२३ माघ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आजबाट स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको छ ।

गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहलाई दिन तोकेर बारअनुसार आलोपालो सेवा सुरु गरेको हो । प्रशासनले सेवाग्राहीमा समेत कोरोना संक्रमणको उच्च जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको थियो ।

आइतबार, सोमबार रुरुक्षेत्र गाउँपालिका र सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । त्यस्तै, मंगलबार, बुधवार मुसिकोट नगरपालिका, मालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । बिहीबार, शुक्रबार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, धुर्कोट र छत्रकोट गाउँपालिकाका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पालो अनुसार स्थानीय तहका नागरिकले नागरिकतासम्बन्धी सेवा लिन पाउने प्रशासनले जनाएको छ । राहदानी र राष्ट्रिय परिचय पत्रको विवरण दर्तासम्बन्धी कार्य अर्को सूचना प्रकाशन नभएसम्मको लागि सञ्चालन नहुने प्रशासनले जनाएको छ ।

राष्ट्रिय परिचय पत्रको विवरण दर्तासम्बन्धी अनिवार्य बनाउनुपर्ने आवश्यकता भएमा सेवाग्राहीले आवश्यकताको कारण र आधारसमेत खोली निवेदन दिएमा विवरण दर्ता गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । मतदाता नामावलीको विवरण संकलन कार्यको लागि जिल्ला निर्वाचन आयोगको कार्यालयमा सम्पर्क राख्नु सेवाग्राहीमा हुन अनुरोध छ ।

सेवा लिन आउदा खोप कार्ड (फोटो भए पनि हुने) र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?