
२३ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूमार्फत यस्तो आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठक अघि सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच भेटवार्ता भएको हो ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच झण्डै एक घण्टा छलफल भएको थियो ।
छलफलको क्रममा कानुनमन्त्रीले सभामुख सापकोटाको आग्रहलाई प्रधानमन्त्री समक्ष पुर्याउने जवाफ दिँदै संसदको विजनेशका विषयमा जानकारी लिएका थिए ।
अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को सम्बन्धमा सभामुख सापकोटाको धारणाबारे मन्त्री बडूले जानकारी लिएका थिए ।
एमसीसीबारेको जिज्ञासमा सभामुख सापकोटाले राजनीतिक दलहरु मिल्दामा मेरो केही नलाग्ने भन्दै आफ्नो पहिलो प्राथमिकता भनेको संसदको अवरोध हटोस् भन्ने रहेको बताएका थिए ।
प्रतिक्रिया 4