
२३ माघ, काठमाडौं । लमजुङमा पुनः भूकम्पको धक्का महसूस गरिएको छ ।
लमजुङको दोर्दी गाउँपालिका-८ बन्सार केन्द्र विन्दु भएर आइतबार अपहान्ह ३:२७ बजे ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसूस गरिएको स्थानीयवासीले बताएका छन् ।
जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका-१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4