
२३ माघ, काठमाडौं । युथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा नि:शुल्क स्वास्थ्य शिविर तथा ब्ल्याङ्केट वितरण गरेको छ।
केन्द्रमा रहेका ८२ जना अपाङ्गता भएका व्यक्तिको आइतबार स्वास्थ्य परीक्षणपछि ब्ल्याङ्केट वितरण गरिएको हो ।
डाक्टर्स होमसंगको सहकार्यमा स्वास्थ्य परीक्षण पश्चात औषधिसमेत नि: शुल्क वितरण गरिएको युथ फर नेशनका अध्यक्ष डा. निकोलश भुषालले जानकारी दिए ।
केन्द्रका ३० जनाले दन्त,१२ जनाले विभिन्न किसिमका घाउ र ५ जनाले कानको परीक्षण गराएका छन् ।
३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी रोगको परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणकै क्रममा अपाङ्गता केन्द्रमा मनोसामाजिक परामर्शसमेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4