
२३ माघ, काठमाडौं । कलाकार किरण केसी ‘राता मकै’ भन्दै थिए, ‘मलाई दुईवटा कुरामा हत्तपत्त चित्त बुझ्दैन । पहिलो पान बनाउनेसँग, अर्को कपाल काट्नेसँग ।’
यतिबेला भने एक हेयर स्टाइलिस्ट उनको कपाललाई नयाँ बान्कीमा ढाल्दै थिए । कपाल काँटछाँट गरेर चिरिच्याट्ट भइसकेपछि उनको प्रतिक्रिया यस्तो थियो, ‘यहाँको सेवा गज्जब रहेछ । आफ्नो अनुहार अनुसार कस्तो हेयर डिजाइन सुहाउँछ भनेर सोही अनुसार कपाल काटिदिने ।’
काठमाडौंको दरबारमार्गस्थित ‘दरबार मल’को पहिलो तलामा ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा उद्घाटन हुँदै थियो, जहाँ किरण केसीसँग जम्काभेट भएको थियो । उनीसँगै कलाकार मोहितवंश आचार्य पनि कपाल कटाइरहेका थिए । उनी हेयर एण्ड शान्तिमा नियमितजसो पुग्ने रहेछन् । भन्दै थिए, ‘यहाँ अलि सहज र राम्रो लाग्छ ।’
‘हेयर एण्ड शान्ति’को यो सातौं शाखा हो । योसहित कमलादी, ठमेल, जावलाखेल, टंगाल आदिमा हेयर एण्ड शान्तिको शाखा सञ्चालनमा छ । काठमाडौंबाहिर नारायणघाट र चितवनमा पनि यसको शाखा विस्तार गरिएको छ ।
करिब चार वर्षको अवधिमा हेयर एण्ड शान्तिले सातौं शाखा सञ्चालनमा ल्याएको हो । उच्चतम् उपकरण र उत्पादनको प्रयोग गरेर गुणस्तरीय सेवा दिइने भएकाले छोटो समयमै आगन्तुकको मन जितेको सञ्चालक अनुजा श्रेष्ठले बताइन् । उनी भन्छिन्, ‘हामीले धेरै भन्दा धेरै सुविधा दिएर उत्कृष्ट सेवा दिने प्रयास गरेका छौं ।’
अनुहारको बनोटअनुसार कस्तो हेयर डिजाइन उपयुक्त हुन्छ, कपालको प्रकृति अनुसार कस्तो ‘ब्युटी प्रडक्ट’ प्रयोग गर्नुपर्छ भनी ग्राहकलाई परामर्शसमेत दिइने सञ्चालक श्रेष्ठले बताइन् । केश विन्यासका लागि आवश्यक नयाँ नयाँ उपकरण प्रयोगमा ल्याउनुका साथै दक्ष हेयर डिजाइनरहरु रहेकाले पनि आफ्नो सेवालाई रुचाएको उनी बताउँछिन् । हेयर एण्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, कस्मारा, अरोमा, एडो, प्रो टेक जस्ता ब्रान्डेड ब्युटी प्रडक्ट प्रयोग गरिरहेको उनको भनाइ छ ।
त्यसो त हेयर एण्ड शान्ति भारतको राजधानी दिल्लीबाट सुरु भएको हो । भारतमा मात्र यसको १२ वटा स्टोर सञ्चालनमा छन् ।
तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4