+
+

कर्णालीमा गैरसांसद बने मन्त्री, सरकारले पायो पूर्णता

यज्ञ खत्री यज्ञ खत्री
२०७८ माघ २३ गते १९:२०

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई र एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाही संसदीय दलको नेता रहेको कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् । यस्तै एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सामारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सरकारले पायो पूर्णता

आइतबार पाँचमन्त्री थपिएसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारले पूर्णता पाएको छ । १६ कातिकमा मुख्यमन्त्री नियुक्त भएका शाहीले सुरुमा माओवादी केन्द्रबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजना र एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए ।

सत्तारुढ तीन दलबीच भागवण्डा नमिल्दा शाहीले लामो समय सरकारलाई पूर्णता दिन सकेको थिएनन् । माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गरेको थियो । तर, दुवैले एक मन्त्रालय कम पाएका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?