
२३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनताका बाधा, समस्या र अप्ठ्यारा वर्तमान सरकारले पन्छाउने बताएका छन् । उनले भने, ‘यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।’
मारवाडी सेवा समितिको ६९औँ वार्षिकोत्सवमा आइतबार मन्त्री आलेले समितिको सेवामुलक कार्यले नेपाली नागरिकलाई राहत पुगेको बताए । मन्त्री आलेले समितिले गरेका रचनात्मक तथा निःशुल्क सेवामुलक कार्यको प्रशंसा गर्दै पछिल्लो समय समितिले सञ्चालन गरेको निःशुल्क डाइलायसिस सेवाले पीडित नागरिकलाई राहत पुगेको विश्वास व्यक्त गरे ।
मन्त्री आलेले भने,’नागरिकको सेवामा लाग्दा लाग्दै तपाईंहरूलाई कुनै बाधा, व्यवधान, अड्चन, अप्ठ्यारो उत्पन्न भए सरकार त्यसको समाधानका लागि तयार छ ।’ सो अवसरमा समितिमा आबद्ध भई लामो समयसम्म नागरिकको सेवामा खटिएका पाँच ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4