+
+

विष्णुमती किनारलाई हरियाली बनाउन १ करोड २२ लाखको ठेक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १७:३७

२४ माघ, काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलायास गरेका हुन् ।

२ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो ।

शिलान्यासपछि बोल्दै मेयर शाक्यले प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा बिगि्रँदै गएको उल्लेख गरे ।

‘शहर बिगि्रयो, त्यसको अपजस कसलाई दिने ? राम्रा काम जति भने मैले गरेको भनेर दावी गर्ने गरिन्छ,’ मेयर शाक्यले भने ।

निर्वाचित भएर आएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध भएर काम गरिरहेको बताए ।

‘अब हामी नदीमा असला माछा पाउने गरी काम गर्छौं, १७ वडाका अध्यक्ष नविन मानन्धरले भने, ‘असला माछा हुनलाई शुद्ध पानी चाहिन्छ । हामी समुदाय र सरोकारवालासँग मिलेर विष्णुमती नदीलाई वडाको विम्बका रुपमा विकास गर्न चाहन्छौं ।’

पूर्वमन्त्री शुशिलकुमार श्रेष्ठले खुशिबु टाउन प्लानिङ सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजना राम्रो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?