+
+
Shares

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १७:४२

२४ माघ, काठमाडौं। बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरुले काठमाडौंको माईतीघरमण्डलादेखि बिजुलीबजारसम्म विभिन्‍न नारासहित प्रदर्शन गरेको हो ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गरेको बताए ।

उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रकोबिरुद्धमा ध्यानाकर्षण गराएको बताए । अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।

उनले सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताए ।

‘हाम्रो झुपडी भत्काउने खालको सरकारको जुन रबैया छ, त्यसप्रति ध्यानाकर्षण गराउँछौं। देशभर कार्यक्रम सञ्चालन गर्ने संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको ध्यानाकर्षण भएको छ। बाघलाई संरक्षण गरेर राख्ने सरकारले भोट हालेका नागरिकलाई पनि संरक्षण गर्नुपर्छ ।’ अध्यक्ष कार्कीले भने, ‘हिजो घोषणापत्रमा जे भन्नुभएको थियो, हामीलाई भोट हाल्नुस् हामी तपाईलाई पुर्जा दिन्छौँ भन्नुभएको थियो, तर सरकारले ५ वर्ष बितिसक्दा पनि हामीलाई बसोवासको आधारमा पुर्जा दिनुको साटो बिना विकल्प उठिवास गराउने सूचना प्रवाह गरेर तरंगित गरेको छ ।’

अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरुको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?