+
+
Shares

धुलिखेलमा बन्दैछ थाइल्याण्डको चेन होटल ‘दूषित थानी’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १२:५४

२५ माघ, काठमाडौं । थाइल्याण्डको चर्चित होटल ब्राण्ड ‘दूषित थानी’को चेन होटल काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भइरहेको छ ।

चार वर्षअघि निर्माण सुरु भएको पाँचतारे उक्त होटलको ९० प्रतिशत निर्माणको काम सकिएको छ । एक जना नेपाली र अन्य विदेशी लगानीकर्ताहरूले यस होटलमा लगानी गरेका छन् ।

होटलमा दुई अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । गैरआवासीय नेपाली संघ, थाइल्याण्डका पूर्वअध्यक्ष समेत रहेका अर्थशास्त्री रमेश हमालले नेपालमा थाइ चेनको होटल भित्र्याएका हुन् ।

६ वर्षअघि ८० रोपनी जग्गा लिएर धुलिखेल नगरपालिका-११ मा होटल निर्माण प्रक्रिया सुरु भएको थियो । ‘जग्ग्ाा ६ वर्षअघि लिएको भए पनि होटलको काम भने चार वर्षअघि सुरु भएको थियो’ अध्यक्ष हमालले भने, ‘कोभिडका कारण निर्माणमा केही ढिलाइ भयो, आगामी दशैं अगाडि नै सञ्चालन गर्ने गरी अहिले काम भइरहेको छ ।’

दूषित थानी थाइल्याण्डको एकदमै चर्चित होटल ब्राण्ड हो । यसको चेन होटलको रुपमा दुबई, भारत, माल्दिभ्सलगायतका देशहरूमा सञ्चालनमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?