+
+

नवनियुक्त मन्त्रीले मागे पर्शुराम बस्नेतसँग स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १९:२१

२५ माघ, विराटनगर । प्रदेश-१ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतलाई स्पष्टीकरण सोधेका छन् ।

अघिल्लो सरकारले बोर्डको सदस्य सचिव नियुक्त गरेका बस्नेतलाई प्रदेश १ का नवनियुक्त मन्त्री राईले तीन दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेका हुन् ।

राई आइतबार मात्रै सामाजिक मन्त्रीको नियुक्त भएका थिए । ‘सदस्य सचिव नियुक्ति गर्दा उहाँको योग्यता पुगेको छैन,’ मन्त्री राईले भने,‘आज तीन दिने स्पष्टीकरण सोधेका छौं ।’

प्रदेशमा सदस्य सचिव बन्नका लागि कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने उल्लेख छ ।

बस्नेतविरुद्ध अकूत सम्पत्ति आर्जनको मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो । यद्यपि उनले सो मुद्दामा सफाइ पाइसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्यले गत असोज २४ गते बस्नेतलाई सदस्यसचिव नियुक्त गरेका थिए । प्रदेश खेलकुद ऐन २०७६ अनुसार सदस्य सचिवको कार्यकाल चार वर्षको हुन्छ ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका नेता आचार्य कात्तिक १५ गते पदमुक्त भए । कात्तिक १६ गते पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

नियुक्तिको तीन महिनापछि उनले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्री राईले तीन दिने स्पटीकरण सोधेको र स्पष्ट जवाफ नआए पदमुक्त गरिने बताए । मन्त्रालयले यसअघि बोर्डको बजेट पनि रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?