+
+

भन्सार एजेन्टको परीक्षा फागुन २८ गते तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ८:१९
आन्दोलित भएका भन्सार एजेन्टहरू ।

२६ माघ, काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ ।

भन्सार विभागले आज सूचना जारी गर्दै परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने जानकारी दिएको हो । परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

त्यसपछि २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । त्यसपछि फेरि आगामी माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो ।

पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै आवेदकहरुले यसअघि भन्सार विभागमा धर्नासमेत दिएका थिए ।

२०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् ।

भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्दछन् ।

यो पनि पढ्नुस्-

एजेन्ट परीक्षामा भन्सार विभागको गोलमाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?