+
+
Shares

दुई करोड बढीको एयर वर्डस बरामद

सशस्त्र प्रहरीले सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान दुई करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले एप्पल कम्पनीका १ हजार २०० थान एयर वर्डस बरामद गरेको छ ।
  • भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गर्दा झण्डै २ करोड ४० लाख रुपैयाँ बराबरको एयर वर्डस सशस्त्र प्रहरीले बरामद गरेको हो ।
  • सशस्त्र प्रहरीको गस्ती टोली देख्नासाथ एयर वर्डस ल्याउने व्यक्ति फरार भएका छन् ।

२० भदौ, काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा झण्डै अढाई करोड रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको छ ।

सशस्त्र प्रहरीले सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान झण्डै दुई करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १२ सय थान एयर वर्डस सशस्त्र प्रहरीको ९ नम्बर गण, रघुनाथपुर सीमा सुरक्षा गुल्म र खैरनी बोर्डर आउट पोष्टले संयुक्त रुपमा बरामद गरेको सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त एयर वर्डस ल्याउने व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोली देख्ना साथ फरार भएका बताइएको छ । बरामद एयर वर्डस आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?