+
+

एमसीसीको सीईओमा एलिस अलब्राइट चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ९:१४

२६ माघ, काठमाडौं । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् । अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो ।

एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिंदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् । ‘संयुक्त राज्य अमेरिका र एमसीसी परिवार हामी सबै एलिसलाई स्वागत गर्न निकै उत्साहित छौं,’ उनले भनेका छन् । एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् ।

एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । उसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग दिंदै आएको छ ।

नेपालमा पनि अमेरिकाले एमसीसीमार्फत करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । तर विभिन्न बहस र विवादका कारण त्यो संसदबाट पास हुन सकेको छैन  ।

नेपाल सरकार र अमेरिकाबीच १४ सेप्टेम्बर २०१७ अर्थात् २०७४ साल भदौ २९ गते एमसीसीसम्बन्धी सम्झौता भएको थियो । विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारमा सहयोग सम्झौता भए पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?