+
+
कथा :

अठोट

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०७८ माघ २६ गते १२:१०
प्रतीकात्मक तस्वीर

आफ्नै सहकर्मीसँग कहिल्यै सम्बन्ध नबनाउनु । सधैं क्षति पुर्‍याउँछ । कहिलेकाहीं थाहा हुन्छ उपदेशहरू तर यौवना मनलाई कसले बाँध्न सक्छ र ? मैले पनि बाँध्न सकिनँ । आखिर काम पनि त ऊबाट सिक्नु थियो । ऊ अफिसको काममा पोख्त थियो । ऊ सिकाउँथ्यो । राम्रो शिक्षक थियो । म सिक्थें । म राम्री विद्यार्थी थिएँ । उसबाट काम मात्र नभएर जीवनका सम्पूर्ण रङ सिकें मैले ।

ऊ मभन्दा वरिष्ठ थियो तर हामी साथी थियौं । दिउँसो काममा सँगैै भइन्थ्यो । वातचित सामान्य थियो । ऊ चाहिने जति पनि बोल्दैनथ्यो । म चाहिने भन्दा बढी बोल्दिनथें । कामको सहकर्मी बाहेक म उसको अरू कोही बन्न चाहन्नथें । आखिर ऊ विशेष केही थिएन ।

विस्तारै समयले सोच बदलिदियो । मेरो समय आएको थिएन तर ऊ बदलिदियो । उसको प्रस्तावमा हामी सँगै दिउँसोको खाजा खान जाने छनक थियो । एक सहकर्मीको साथ खोज्नु नयाँ क्रान्तिकारी सोच थिएन पनि । म पश्चगामी भएँ सायद । हामी पाँच जना सहकर्मी सँगै पिज्जा खान गयौं ।

ती दिनहरूमा प्रेमको परिभाषा थाहा थिएन मलाई । अहिले विगतका खाटाहरू कोट्याउँदा प्रष्ट भन्न सक्छु म प्रेममा रहेछु । म झन्झन् उसको नजिकै हुँदैथिएँ । म उसको प्रेमिकाको लागि आफू बलिदानीमा चढ्दै थिएँ । एक किसिमको लुप्त सन्तुष्टि पनि थियो । उसको असफलता मेरो सफलताको पहिलो खुट्किलो थियो ।

क्रमशः अरू दिनहरूले पनि अवसर लिएर आए । क्रमशः साथीहरू पाँच चार तीन गरेर छुट्टिन लागे । अन्ततः हामी दुईमा झर्‍यौं । खाजा घरहरू हामी दुईका छायाँले मात्र सन्तुष्ट हुन लागे । हाम्रा सन्तुष्ट अभिप्रायलाई पूरा गरेर मध्याह्नहरू आए अनि लहरिंदै लहरिंदै बगेर गए । क्रमशः ती मध्याह्नहरूमा प्रस्ताव कसको भन्ने प्रश्न गौण बन्न लागे ।

हामी फरक भए पनि हाम्रा धेरै प्रश्न मिल्थे । हाम्रो घर एकअर्काको भन्दा टाढा थियो तर हामी घर सँगै फर्कन्थ्यौं । सायद मैले हाम्रो मिलनको अर्को अर्थ लगाएँ । हाम्रा फरकपनाहरू पनि थिए । फरक केही सोखमा थियो । रुचिहरू आफ्ना पेवा हुन्छन् । फेरि एउटै उमेरका रुचिहरू मिल्छन् पनि ।

एक जोर परेवा रेस्टुरेन्टको भुइँबाट उडेर सँगैको लप्सीको हाँगामा बसेको हेर्दै ऊ सुनाउँदै थियो । मेरो एक समस्या छ । उसँगै अर्को कुर्सीमा बसेकी म ती जोडी परेवामा ऊ र म खोज्दै थिएँ । मेरो मन सफेद थियो । ऊ मेरो हृदयमा थिएन तर कृतज्ञ थियो । उसलाई हर सहयोग गर्ने चाहना थियो मेरो । ऊ मलाई आफ्नो काम सुम्पिएर चाँडै भाग्ने गर्दै थियो । ऊ खुसी थियो । सायद म उसको खुसीमा सन्तुष्ट थिएँ ।

‘म एउटा केटी मन पराउँछु ।’ ऊ कोकको घुड्को निल्दै भन्दै थियो । म खुसी र आश्चर्यले भरिएको मुहार लिएर उसलाई हेर्दै थिएँ । ऊ फेरि उनै परेवाहरूलाई हेर्दै कुरा प्रष्ट्याउँदै थियो । ‘ऊ रुष्ट छे अहिले ।’ म सोच्दैथिएँ- ‘म त रुष्ट छैन त ।’ मेरा आँखा ती जोडी परेवाबाट पर सरेर नाङ्गै धुलो माटोमा खेलिरहेका बच्चाहरूमा अडिन पुगे । हामी उसैको स्कुटर चढेर बजार पुग्यौं । म उपहारहरू छान्दै थिएँ । म कति सोझी रहेछु । ईष्र्याको उपहार पाएर पनि उसको पछिपछि थिएँ । तिनै प्रहरहरूमा हुनुपर्छ मैले मेरो उप्रतिको आसक्तिको छनक पाएको ।

ऊ प्रेममा सफल हुँदैथियो । उसको सफलता उसका जानी नजानी देखापर्ने पुलकित अनुहारमा छचल्किएको हुन्थ्यो । प्रफुल्ल मन लिएर ऊ काममा आउँथ्यो । काम मलाई सुम्पिएर चाँडै गइहाल्थ्यो पनि । उसको अभिप्राय मलाई चाँडै काम सिकाएर आफू चाँडै टाप कस्ने रहेछ । म भारी मन लिएर उसको प्रस्ताव स्वीकार गर्थें । मनको बोझ उतार्नलाई मेरी प्यारी सहकर्मी थिई । उसको प्रेमिकाको रिस म सहकर्मीमा पोख्ने गर्थें सायद । म उसमाथि रिसाउन पनि सक्दिनथें । आज म सोच्ने गर्छु किन म ती दिनहरूमा दह्रो हुन सकिनँ । ऊ विशेष कोही थिएन । भद्दा अनुहार र यौवनको धनी थियो तर खै के देखेर उसलाई आफ्नो बनाउने उपाय खोज्दै थिएँ ।

एक दिन समयले कोल्टो फेर्‍यो । ऊ दुःखी भृकुटी लिएर मेरो सामु थियो । उसको अथक् प्रयास मेरै जस्तो भएको रहेछ । उसको मेसेजमा उसको पे्रमिकाको बिहेको निम्तो थियो । ऊ मसँग भक्कानिएर रुने प्रयास गर्दै थियो । म उसलाई मेरो छाती दिएर एक बच्चालाई झैं फकाउने प्रयासमा थिएँ । उसको प्रेम टुसा नपलाउँदै मृत हुन लागेको थियो । म उसको एकतर्फी प्रेमलाई सम्झाउँदै गाली गर्दै थिएँ । सायद त्यो गालीमा म आफैंप्रति व्यङ्ग्य थियो । म पनि उसलाई एकतर्फी चाहन लागेकी थिएँ ।

ती दिनहरूमा प्रेमको परिभाषा थाहा थिएन मलाई । अहिले विगतका खाटाहरू कोट्याउँदा प्रष्ट भन्न सक्छु म प्रेममा रहेछु । म झन्झन् उसको नजिकै हुँदैथिएँ । म उसको प्रेमिकाको लागि आफू बलिदानीमा चढ्दै थिएँ । एक किसिमको लुप्त सन्तुष्टि पनि थियो । उसको असफलता मेरो सफलताको पहिलो खुट्किलो थियो ।

ऊ असफल पे्रम बोकेर मप्रति आकृष्ट थियो । म लुरुलुरु लुप्त अभिप्राय लिएर उसलाई साथ दिन्थें । उसको खाटा पुर्ने मल्हम भएको थिएँ । हामी सिनेमा हेर्न जान्थ्यौं । अर्को दिन हामीहरू ती सुन्दर दृश्यहरू नियालिरहेका हुन्थ्यौं जुन दृश्य हेरेर हामी सँगै रहेका यौवनाहरू प्रेममा चुर्लुम्म डुबेका हुन्थे । हामी रहरहरूमा रमाउँथ्यौं जुन रहरमा नव प्रेमीहरू रमाउने गर्थे । लाग्थ्यो उसमा मप्रतिको आकर्षण प्रेमको रूप लिंदै थियो । ममा पहिल्यै बलियो जग खनेर सुन्दर घर बनाउँदै थियो । म हर समय उसको सम्झना लिएर पुलकित तन्द्रामा हुन्थें । मलाई काम रमाइलो लाग्ने भएको थियो । अफिस मलाई रमाइलो लाग्ने भएको थियो । किनकि ऊ ती समयहरूमा मेरो साथ हुने गथ्र्यो । ती दिनहरूले मेरो उमेरलाई पूर्ण रूख बनाइदिएर फल दिन तयार बनाइदिएको थियो । मोहका केही पुरुष आँखाहरू ममा नपरेका पनि होइनन् । म ती आँखाहरूलाई विद्रुप नजर दिने गर्थें । तर तिनीहरूले मलाई पछ्याउन छोडेका थिएनन् । झन्झन् औपचारिक रूप लिएर आउन लागेका थिए । घरमा बिहेको प्रस्तावहरूको चाङ थियो । बुबामुमाहरू मलाई फकाउनुहुन्थ्यो । दिदीहरू लोभ्याउनुहुन्थ्यो । ती प्रस्ताव स्वीकार्ने कि उसको पोल घरमा खोलिदिने द्विविधाले मन क्लान्त थियो । आखिर उसले औपचारिक प्रेम प्रस्ताव राखेको थिएन । तर मैले भने उसको नआएको प्रस्ताव स्विकारिसकेकी थिएँ ।

घरको प्रस्ताव हावी भएर मेरो दृढ चाहनालाई हल्लाउन लागेको थियो । दिदीको सहारा लिएकी थिएँ । तर समयले उसको घरमा जानुपर्ने बाध्यता बनाइदियो । विवाह भएको नभए पनि म उसको घरमा थिएँ । घर जाँदा नरमाइलो लागेको थियो । ऊ आफ्नो ओछ्यानमा लम्पसार थियो । कामिरहेको थियो । १०० डिग्री भन्दा बढीको ज्वरो थियो । त्यो दिन मैले उसलाई रोजेर ती तमाम प्रस्तावहरूलाई खुलेआम टुक्राइदिएकी थिएँ । उसको प्यारी भएकी थिएँ । तर ऊ लम्पसार अस्पतालको शय्यामा थियो । उसका आँखा बालखा थिए । निष्पट्ट प्रेममा थिए । म त्यस्तै नजारा देख्थें किनकि मेरा आँखाहरू पहिलेदेखि नै उसप्रति आसक्त थिए ।

ऊ अस्पतालबाट तङ्ग्रिएर घर पुग्दा म उसको घरकी बुहारी भइसकेकी थिएँ । उसको घरको भान्साका हरेक भाँडाहरू कहाँ राखिन्छन् थाहा थियो मलाई । अस्पतालमा पनि एक श्रीमतीले गर्ने सम्पूर्ण कर्तव्य पूरा गरेकी थिएँ । केवल औपचारिकताको नियम पूरा गर्न मात्र बाँकी थियो । ऊभने अझै औपचारिकताको प्रस्ताव लिएर आएको थिएन । म अझै माइतमै थिएँँ । आफैं उसको प्रस्ताव घरमा राख्दै थिएँ । ऊ मेरो क्लान्त मन देखेर पनि शान्त थियो । जन्मदेखि नै शान्त स्वभावको ऊ अझ बुद्ध बन्दै थियो । दिनहरू बिते, वर्षहरू बिते केवल प्रेममा मात्र भइयो हामी ।

म ब्याग बोकेर घर फर्कें । बाटोमा सोच्दै थिएँ ऊ भोलि कुन अभागीको छातीमा शिर अडाउन जानेछ ? राति निकै बेरसम्म म आफूलाई नियाल्न लागें । उसलाई बिर्सिएर म आफ्नै जीवनप्रतिको चिन्ताले क्लान्त हुनपुगेकी थिएँ । मसँग कुनै बिदुर पनि विवाहको लागि तयार थिएन । स्कुले साथी थियो तर उसको श्रीमती पनि त थिई ।

मलाई घरमा माग्न आउने प्रस्तावको लर्को थियो । उसको बाबा मामुलाई पनि गुहारेको थिएँ तर ऊ लजालु थियो, अलमलमा थियो । मलाई भने मेरो त्यागमा गर्व थियो । प्रेममा अन्धो बनेर म लुरुलुरु उसको पछिपछि लाग्थें । सायद हुस्सु थिएँ । मैले बुझेकी थिइनँ उसले मलाई अन्तिम विकल्प बनाएको छ ।

उसको धोकाधडी अनुहार आफ्नै आँखाले देख्न पाएँ मैले । ऊ पहिलाको केटीसँग अझै लाडिंदै थियो । सायद उसको भूपू पनि पे्रममा असफल भई या सायद उसको श्रीमान् विदेशिएको थियो । त्यो दृश्यले मलाई त्यति घायल बनाएन जति मैले उसको मेसेज पढ्न पाएर भएकी थिएँ । मलाई उसको मेसेज हेर्ने चाहना थिएन तर परिस्थितिले बाध्य बनायो । ऊ झोकिएर मलाई देखाउँदै थियो । ऊ अर्की तेस्रीसँग पनि लाडिंदै रहेछ । उसँग महाभारतको युद्ध गरेर आएको दिन म घरमा भक्कानिएर रोएकी थिएँ । त्यस दिनदेखि हो मेरो आँशुको धारा प्रवाह सुरु हुन थालेका । जीवनले मलाई धेरै रुवाएको छ । प्रेमले मलाई यति रुवाएको छ कि मसँग रुवाइको मापन गर्न सक्ने औजार छैन । यदि औजार भइदिएको भए त्यही औजार लिएर आफैंलाई खत्तम पारिसकेको हुन्थें । मेरो हुस्सु मनमाथि दया गरेर धन्न ईश्वरले बलियो हुने शक्ति दिएका रहेछन् । आफ्नै बुद्धु पनाले विक्षिप्त म उसलाई प्रस्ताव सुनाउँदै थिएँ । लामो समयको अन्तरालमा एक फिका प्रस्ताव मलाई लक्ष्य लिएर फ्याँकिएको थियो । उसलाई सुनाएको भोलिपल्ट ऊ हानिएर मेरो घर आयो । सायद ईष्र्याको खोल ओढेर आएको थियो । म भन्दै थिएँ – ‘मलाई विवाह गर कि म विवाह गर्छु ।’

ऊ मलाई फकाउँदै थियो – ‘केही समय पर्ख ।’

‘अझै कति ?’ म प्रश्न गर्दै थिएँ । आखिर एक युवतीको यौवन काल हुन्छ । समयले पर्खिबस्दैन । यौवनको अन्तसम्म यदि युवतीले कुनै नव संसारलाई आफ्नो बनाउँदिन भने उसको जीवनको सार्थकता समाप्त हुन्छ ।

ऊ छिट्टै औपचारिक प्रस्ताव लिएर आउँछु भन्दै बिदा भयो तर प्रस्ताव आउने छाँटकाँट आएन । न त फिका प्रस्ताव बुलन्द नै बन्यो । अब त उसको र मेरो सम्बन्ध समाजले थाहा पाइसकेको थियो । अर्को वर्षसम्म पनि मेरो प्रेमले औपचारिक नाम लिन पाएन ।

ऊ अब मलाई भेट्न एक्लै आउन पनि छोड्यो । म उसको समूहमा हुन्थें । ऊ समूहमै रमाउँथ्यो । म बल गरेर उसलाई समूहबाट एक्लो बनाउन खोज्थें । असफल हुन्थें । म रुन्थें, कराउथें तर ऊ बहिरो बनिसकेको रहेछ । ती दिनहरूमा मैले कठोर निर्णय लिएकी थिएँ । म अब केवल एकान्तमा आँशु बहाउँछु । उसलाई सुनाउँदिनँ । ईश्वरले मेरा कुरा सुने सायद मलाई अर्कै कुरा सुन्ने साथी पठाइदिए । मैले मेरो कुरा सुन्ने मान्छे भेट्टाएँ । मेरो नयाँ साथी लामो समयपछि मसँग भेट्न आएको थियो । ऊ मलाई सान्त्वना दिन्थ्यो । म उसको अघि रुन्थें । ऊ मलाई फकाउँथेन । उसले फकाउने आवश्यकता थिएन । मलाई त केवल मेरा दुःख सुनिदिने कोही चाहिएको थियो । म एक्लो थिएँ ऊ मेरो एक्लो जीवनमा आएर साथी बनेको थियो । मेरा अरु विकल्पहरू पनि थिएनन् । म समाजले नदेख्ने गरेर उसलाई आफू सुनाउन लाग्थें । आफ्ना प्रेमका असफलताहरू सुनाउन लाग्थें, प्रेममा आफूले गरेका त्यागहरू सुनाउन लाग्थें ।

ऊ मेरो प्रेम सुन्थ्यो । मेरो गरिबी सुन्थ्यो । ती दिनहरूमा मेरो एकतर्फी प्रेमी आफ्नै संसारमा थियो । उसँग भेट नभएको केही महिना पुग्न लागेको थियो । उसले काम छोडेको थियो । यतिकै भौंतारिंदै थियो । उसले बुझेको थियो केवल रोएर सिरानी भिजाउन बाहेक मेरो अरू विकल्प छैन । अब त मलाई लक्षित गरेर आएका प्रेमिल आँखाहरू बुढो बन्दै थिए । यी कथाहरू सुनेर मेरी स्कुलकी प्रिय साथी रुँदै थिई । धेरैपछि विदेशबाट आएर मलाई भेटेकी साथी अघि म कठोर देखिएर बसेकी थिएँ । महिनौंको रुवाइपछि समयले मेरो मन कठोर बनाइदिएको थियो । साथी भन्दै थिई- ‘तेरो जीवन बर्बाद गरिदियो है त्यसले ।’

उसका ती शब्दहरूपछि मन कठोर बनाइराख्न सकिनँ मैले । त्यो साँझ हामी दुई साथी नथामिने गरी निकै बेर रोयौं ।

ऊ आफ्नो कर्मथलो मलाई सुम्पिएर टाढा भएको थियो । उसलाई विदेश जाने भूत सवार थियो । एक दिन नयाँ नम्बरको फोन आयो । ऊ रहेछ । ऊ मेरो ब्लक लिस्टमा एक्लो थियो त्यसैले अर्को फोन नम्बर लिएर सम्झेको रहेछ । ती स्वरहरूले मलाई बोलाउँदै थिए ।

रेस्टुरेन्टको गुप्त कुनामा पोखराको हरियो फेवाताललाई हेर्दै म उसलाई भन्दै थिएँ- ‘मेरो अर्को केटा छ । म उसँग विवाह गर्दैछु ।’

ऊ मलाई धेरै दिन नभेटेकाले जिज्ञासु भएर आएको रहेछ । मेरा वाक्यहरूमा विस्मित नजर हुत्याउँदै ऊ आँखाको भावमा प्रश्न गर्दै थियो । म अझ प्रष्ट्याउँदै थिएँ- ‘उसको छोरा भए पनि म उसको छोरालाई पनि सम्हाल्न तयार छु ।’

मेरो उत्तर सकिन नपाउँदै उसका आँखाहरू तालको पानी पैंचो लिन उद्यत थिए । उसका आँखाहरूले मलाई प्रत्यक्ष हेर्न सकेनन् । हेर्ने प्रयास गरेको भए पनि आँशुले उसका नानीहरू छेक्ने थिए । ती टिलपिल टिलपिल आँशुहरू सुँक्क सुँक्क हुन लागे । रेस्टुरेन्टको एकान्तमा ऊ भक्कानिन मात्र बाँकी थियो । म पल्लो कुर्सीबाट उसलाई हेरिरहेकी थिएँ । मेरा आँखा सुक्खा थिए । यदि भरिएका भए पनि ती आँशु हर्षका हुने थिए । ऊ रोएको देखेर मन शान्त थियो । निकै बेरसम्म ऊ रोइरह्यो । मलाई हतारो थिएन । मैले एकटकले उसलाई हेरिरहें । प्रतिशोधको ज्वालाले रन्थनिएको मेरो मन ढाडस पाउँदै थियो । आखिर सधैं नारीले मात्र रुनुपर्ने पनि त होइन । खै कहाँबाट अतितको त्यो दिनको सम्झना आयो । त्यो दिन पनि ऊ यसरी नै रोइरहेको थियो । तर ती दिनहरूमा उसले मेरो स्नेहको सहारा पाएको थियो ।

म ब्याग बोकेर घर फर्कें । बाटोमा सोच्दै थिएँ ऊ भोलि कुन अभागीको छातीमा शिर अडाउन जानेछ ? राति निकै बेरसम्म म आफूलाई नियाल्न लागें । उसलाई बिर्सिएर म आफ्नै जीवनप्रतिको चिन्ताले क्लान्त हुनपुगेकी थिएँ । मसँग कुनै बिदुर पनि विवाहको लागि तयार थिएन । स्कुले साथी थियो तर उसको श्रीमती पनि त थिई ।

खै कतिबेला निदाइछु भोलिपल्ट बिहान नयाँ पालुवा घामहरूले मेरो ओछ्यान तताउँदै थिए । रातभरको वर्षाले आकाश खुला थियो । हिमाल हिउँले भरिएर हाँसेको थियो । मन यसै यसै प्रफुल्ल बन्यो । म हातमा कडा कफीको कप लिएर सोच्न लागें- ‘आखिर एक युवतीलाई पुरुषको सहारा चाहिनै पर्ने हो र ? आखिर कसैप्रतिको आसक्तिले न हो मनलाई दुःख दिने । मैले आफू खुसी हुन आशा त्याग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?