+
+

किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्छौं : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १४:२७

२६ माघ, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् ।

बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् ।

किसानका विभिन्न माग राख्दै हाल राउत नेतृत्वको पार्टीले मधेश प्रदेशका विभिन्न शहरमा लगातार प्रदर्शन गर्दै आइरहेको छ ।

‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’ उनले भने, ‘नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ।’

आफूहरुले उठाएका सबै ११ वटा माग पूरा गर्न नसके पनि कम्तीमा किसानका माग मात्रै भए पनि पूरा गर्नुपर्ने उनको भनाइ छ ।

‘निर्वाचनमा भाग लिन आतुर छौं, निर्वाचनमा जानु अगाडि कम्तीमा किसानको मुद्धाहरुलाई सम्बोधन गर्ने पहल हुनुपर्छ । एक दिनमा नहोला, एक महिनामा पनि पूरा नहोला तर कमसेकम पहल थालिएको देखिनुपर्छ’ अध्यक्ष राउतले भने ।

अहिलेको निर्वाचन प्राणाली विकृत रहेको बताउँदै उनले निर्वाचनबाट पनि ठूलो परिवर्तन नआउने धारणा राखे । ‘अहिलेपनि भोट गर्दा आखिर कुन दल आउँछ ?’ उनले प्रश्न गरे, ‘त्यही तीन चार वटा पार्टी र तीन चार वटा नेताको अनुहार दिनदिनै हेर्नुभएको छ । उनीहरु मध्येबाट एउटा फेरिएर अर्को आउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?