+
+

एएफसी कप : मछिन्द्रले चैत २२ मा श्रीलंकाली टोलीसँग दशरथ रंगशालामा खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:३२

२७ माघ, काठमाडौं । नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको खेल आगामी चैतमा घरेलु मैदानमा खेल्ने भएको छ ।

मछिन्द्रले एएफसी कपको पहिलो चरणको खेल आगामी अप्रिल ५ (चैत २२ गते) मा दशरथ रंगशालामा श्रीलंकाली टोली ब्लुस्टारसँग खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यो खेल साँझ ५ बजे खेलाइनेछ ।

मछिन्द्रले अहिले भइरहेको ए डिभिजन लिगमा सातौं चरणको खेल सकिँदा शीर्षस्थानमा रहँदै एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाएको हो ।

लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । यदि मछिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरे दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग अप्रिल १२ मा कोलकतामा खेल्नेछ ।

मछिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणको खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ ।

एएफसी कपको समूह डी मा दक्षिण एसियाली देशका टिमहरू भारतको गोकुलम केरा, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड स्पोर्ट्स रिक्रिएसन छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?