
२७ माघ, काठमाडौं । गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले बिहीबार एलिना चौहानसँगको युगल गायनमा ‘भन मेरो मालिक’ बोलको गीत सार्वजनिक गरेका हुन् । हेमन्तकै शब्द तथा संगीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।
दीपकमान सिंहको निर्देशनमा तयार भएको डान्सिङ नम्बरको गीतको भिडियोमा नरेशवीर सिंह र लोसिना लामिछानेको अभिनय छ । भिडियोमा हेमन्तलाई पनि हेर्न सकिन्छ ।
अजय रेग्मीको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गायक हेमन्तले आफ्नै युट्युब च्यानल ‘हेमन्त शर्मा’मा भिडियो सार्वजनिक गरेका हुन् ।
थुप्रै लोकप्रिय गीत दिइसकेका हेमन्तले यसपाली अलि बेग्लै मुडको रमाइलो गीत सार्वजनिक गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4