+
+

पाँच वर्षमा झण्डै ४५ लाख मतदाता थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २०:४८

२७ माघ, काठमाडौं । पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता बढेको पाइएको छ ।

२०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।

तर आगामी वैशाख ३० गतेका लागि निर्वाचन घोषणा भइसकेकाले मतदाता नामावली संकलन स्थगित भइसकेको छ । यसअघि संकलन भएका मतदाता नामावली जिल्ला निर्वाचन कार्यालयबाट लिने क्रम जारी रहेको आयोगले जनाएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार मतदाता संख्या १ करोड ८५ लाख पुगेको छ । यो संख्या गत स्थानीय तहको निर्वाचनको भन्दा ४५ लाख  बढी हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अब निर्वाचनको मिति घोषणा गरेको दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्नेछ ।

त्यसका लागि यही साताभित्र सबै जिल्ला निर्वाचन कार्यालयलाई मतदाताको अद्यावधिक तथ्याङ्क  केन्द्रीय कार्यालयमा पठाउन भनिएको प्रवक्ता पौडेलले बताए । सबै जिल्लाबाट मतदाताहरुको संख्या प्राप्त भएपछि त्यसउपर छलफल गर्ने, दावी विरोध लिने र सच्याउने समय दिएर मतदाताहरुको संख्या कायम गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने मतदाता संख्या एक करोड ५४ लाख कायम भएका थिए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ को मंसिर १० गते र २१ गते गरी दुई चरणमा भएको थियो ।

अर्थात् २०७४ सालमै भएको स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा १४ लाख मतदाता बढेका थिए ।

निर्वाचन आयोगले २०७७ साल पुस ५ गते तत्कालिन केही ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति तोकेपछि पनि मतदाता नामावली संकलन गरेको थियो । त्यसबेलाको तथ्याङ्क अनुसार १ करोड ५४ लाख ८२ हजार मतदाता थिए । त्यसयताको मतदाता नामावली अद्यावधिकमा निर्वाचन आयोग जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?