+
+

दया र नम्रताको फिल्म ‘बरदान’ युट्युबमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २०:४६

नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बरदान’ युट्युबबाट रिलिज गरिएको छ । करिब २५ मिनेट लामो यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत छ ।

यो चलचित्रमा नम्रता र दयाको साथमा लूनिभा तुलाधर, पुष्कर गुरुङ, प्रविण खतिवडा, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ । यो चलचित्रलाई शुभ मिडिया होम प्रोडक्शनले प्रस्तुत गरेको होे ।

गज्जबको टीभीबाट सार्वजनिक गरिएको यो चलचित्रले पारिवारिक समस्या, त्यसले निम्त्याउने डर, डिप्रेशनको कथालाई प्रस्तुत गरेको छ ।

चलचित्र ‘घामपानी, गोपि, छ माया छपक्कै’ जस्ता चलचित्र निर्देशन गरेका दीपेन्द्रले यो २५ मिनेट लामो चलचित्रलाई पनि सामाजिक कथावस्तुमा सुन्दर तरिकाले प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?