
२८ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसी पारित गर्न अमेरिकी अधिकारीहरुले दिएको दबावको विरोध गरेको छ ।
बिहीबार एमसीसी तत्काल पारित गर्न भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालका नेताहरुलाई दबाव दिएका थिए ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार विज्ञप्ति जारी गरी एमसीसी पास नगरेमा नेपाल नीतिमै हेरफेर गर्छौं भन्नु अमेरिकाको साम्राज्यवादी थ्रेट भएको बताएका छन् । ‘हिजोमात्रै अमेरिकी अधिकारीहरुले एमसीसी पास नगरेमा नेपाल हेर्ने नीतिमै हेरफेर गर्नेछौं भन्ने साम्राज्यवादी थ्रेटको अनेरास्ववियू घोर निन्दा र भर्त्सना गर्दछ’ उनले भनेका छन् ।
विज्ञप्तिमा कुनै पनि प्रलोभन, धाक धम्कीमा नपरी अमेरिकाको व्यवहारको विरोध गर्नुपर्ने उल्लेख गरिएको छ ।
एमसीसी देशको सुरक्षा, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय अखण्डतामाथि प्रत्यक्ष हस्तक्षेप गर्ने नवउपनिवेशको एउटा रुप भएको अनेरास्ववियूले उल्लेख गरेको छ । उसले एमीसी खारेज गर्न र संसदमा टेबल नगर्न दबाव दिन फागुन १ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने बताएको छ ।
प्रतिक्रिया 4