१ फागुन, काठमाडौं । रहिम स्ट्रलिङको ह्याट्रिकम मद्दतमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेकको म्यानचेस्टर सिटीले नर्वितलाई ४-० ले पराजित गरेको छ । थप एक गोल फिड फोडेनले गरे ।
नर्विचको मैदानमा भएको खेलमा सिटीका रहिम स्ट्रलिङले ३१औं, ७०औं र इन्जुरी टाइममा गोल गरे ।
यस्तै फोडेनले ४८औं मिनेटमा गोल गरे ।
जितपछि लिग लिडर सिटीले २५ खेलबाट ६३ अंक जोडेको छ । सिटीले दोस्रो स्थानको लिभरपुलमाथि फेरि १२ अंकको अग्रतासमेत बनाएको छ । रेलिगेसन जोनमा रहेको नर्विच १७ अंकसहित १८औं स्थानमा छ ।
प्रतिक्रिया 4