+
+

सिनेमा हल खुले, फेरि लागे ‘चपली हाइट ३’ र ‘कठपुतली’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ११:२३

१ फागुन, काठमाडौं । २७ दिन बन्द रहेका सिनेमा हल आइतबारबाट खुलेका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण बन्द रहेका देशभरका सबै हल खुलेसँगै दुई नेपाली चलचित्र रिलिज भएका छन् ।

शुक्रबारबाट रिलिज भएका दुई नेपाली चलचित्र फ्रेस भने होइनन् । यसअघि प्रदर्शन हुँदाहुँदै रोकिएका ‘चपली हाइट ३’ र ‘कठपुतली’ले दोस्रो अवसर पाएका हुन् ।

निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाइट ३’ सस्पेन्स थ्रिलर चलचित्र हो । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । यसअघि पुस ३० गते रिलिज भएर तीन दिन मात्र यो चलचित्र हलमा लागेको थियो । सस्पेन्स थ्रिलर कथामा तयार भएको चलचित्रलाई दर्शकले मन पराएका थिए ।

यस्तै भीमसेन लामाको निर्देशनमा तयार भएको हरर चलचित्र ‘कठपुतली’ पनि हलमा लागेको छ । मिथिला शर्मा, उषा रजक, कर्मा, शिल्पा मास्के लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले रिलिजको पहिलो साता राम्रो व्यापार गरेको थियो । यो चलचित्र पुस १६ गते रिलिज भएको थियो । चलचित्र तेस्रो सातामा प्रदर्शन हुँदै गर्दा हल बन्द भएको थियो । यसैले यो चलचित्रलाई पनि रिलिजको दोस्रो मौका दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?