
१ फागुन, काठमाडौं । जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको लागि आवेदन दिने आइतबार (१ फागुन) अन्तिम दिन हो । माघ २७ गतेदेखि यस कम्पनीको आईपीओका लागि आवेदन खुला भएको हो । आइतबार कार्यालय समयसम्म आवेदन दिनेहरु मध्येबाट गोलाप्रथा गरी आईपीओ वितरण हुनेछ ।
१०० रूपैयाँ अंकित दरमा ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ११ हजार ११२ कित्ता कर्मचारीले र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषले पाउने छ ।
कम्तिमा १० कित्ता र अधिकतम् १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । थोरै कित्ता निष्कासन भएकाले १० कित्ता भन्दा धेरै पर्दैन । नेपाल सरकारको समेत थोरै लगानी रहेको यो कम्पनी आफै लगानी गर्ने कम्पनी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4