+
+

टी-२० सिरिज : नेपालले आज आयरल्याण्डसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ७:३७

२ फागुन, काठमाडौं । ओमानमा भइरहेको चार देशीय टी-२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुनेछ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज आयोजना भएको हो ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

नेपालले आयरल्याण्डसँग यसअघि दुई टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २०१५ मा आयरल्याण्डमै भएको टी-२० विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । यस्तै २०१९ मा ओमानमै भएको पेन्टागुलर टी-२० सिरिजमा आयरल्याण्डले नेपाललाई १३ रनले हराएको थियो ।

यस्तै आजै ११ः४५ बजे ओमान र युएई खेल्नेछन् ।

तयारीको अवसर

ग्लोबल क्वालिफायर अघि चारै टिमलाई आफ्नो अन्तिम तयारी गर्ने मौका छ । नेपालको लागि पनि आफ्नो टिम सेट गर्ने अवसर छ । यसअघिका दुई खेलमा नेपालले तीन नयाँ खेलाडीलाई प्रयोग गर्दै अवसर दिइसकेको छ । यस्तै ३ खेलाडीले पुनरागमन पनि गरेका छन् ।

राष्ट्रिय टिमका नियमित सदस्य कुशल भुर्तेल, करण केसी र कुशल मल्लले ओमानमा खेलेका छैनन् । उनीहरुले आयरल्याण्डसँग खेल्ने सम्भावना पनि छ ।

यस खेलपछि नै नेपालले ग्लोबल क्वालिफायरका लागि अन्तिम टोली छनोट गर्नेछ । त्यसैले खेलाडीको लागि पनि आज आफ्नो प्रदर्शन देखाउने अवसर रहनेछ ।

नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?