+
+

प्राधिकरणमा हाजिर नगरी फर्किए क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १६:३३
राजकुमार क्षेत्री/फाइल तस्वीर

२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बोकेर नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरि फर्किएका छन् ।

सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेका क्षेत्रीले कार्यालयमा हाजिर गर्न पाएनन् । डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उनी प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका थिए ।

तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश दिए पनि प्राधिकरणका कानुन अधिकृतले महान्यायाधीवक्ताको कार्यालयबाट थप व्याख्या हुनुपर्ने भन्दै हाजिर गर्न नदिइएको जानकारी गराए । प्राधिरकण ऐनमा महानिर्देशकको कार्यकाल ४ वर्ष हुने भन्दै चार वर्ष महानिर्देशक हुन पाउनु पर्ने माग राखी उनी अदालत गएका हुन् ।

उनले सोमबार कार्यालयमा हाजिर गर्न नपाए पनि वकिलसँग छलफल गरी मंगलबार कार्यालयमा हाजिर गर्न आउने बताए । सर्वोच्चले ९ फागुनमा दुवै पक्षलाई बोलाएको छ । त्यस अवधिसम्म अनिवार्य अवकास कार्यान्वयन नगर्न आदेश गरेको छ । सरकारले महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?