+
+

एमसीसीबारे संसदीय दलमा छलफल गर्नुपर्ने भीम रावलको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १७:३७

२ फागुन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे संसदीय दलमा कार्यसूची निर्धारण गरेर छलफल गरिनुपर्ने माग गरेका छन् ।

सोमबार संसदीय दलको बैठकमा रावलले एमसीसी नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेकाले एमालेले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग रावलको छ ।

‘यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता र एवम् हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ’, रावलको भनाइ छ ।

एमसीसी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुन विपरीत रहेको तथ्य स्पष्ट भएको पनि रावलले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?