+

डेनिस फुटबलर एरिक्सन ८ महिनापछि मैदानमा

२०७८ फागुन  ३ गते ८:४१ २०७८ फागुन ३ गते ८:४१
डेनिस फुटबलर एरिक्सन ८ महिनापछि मैदानमा

३ फागुन, काठमाडौं । डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन हृदयघात भएको ८ महिनापछि पहिलो पटक फुटबल खेल खेलेका छन् ।

केही समयअघि प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका ३० वर्षीय मिडफिल्डर साउदर्न युनाइटेड-११ विरुद्ध भएको क्लोज डोर मैत्रीपूर्ण खेल खेलेका हुन् ।

उक्त खेलमा ब्रेन्टफोर्टले साउदर्न युनाईटेडलाई ३-२ ले पराजित गर्दा एरिक्सनले १ घण्टा मैदानमा बिताएको बीबीसीले जनाएको छ ।

एरिक्सनले पछिल्लो पटक २०२१ जुन १२ मा युरोकपमा फिनल्याण्डविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेका थिए । उक्त खेलमा हृदयघात भइ मैदानमै ढलेपछि उनलाई सीपीएर दिएर हस्पिटल लगिएको थियो ।

हृदयघात भएपछि उनले मुटुमा इम्प्लान्टेड कार्डियोभेर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ । जसका कारण इटालीमा उनले फुटबल खेल्न नपाउने भएका कारण इन्टर मिलानले एरिक्सनलाई रिलिज गरेको थियो ।

इन्टर मिलानले रिलिज गरेपछि एरिक्सनले यस सिजनको बाँकी अवधिका लागि गत महिना ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए ।

क्रिस्टिएन एरिक्सन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय