+
+

वीरगञ्जबाट लागु औषधसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ९:५१

३ फागुन, वीरगञ्ज । वीरगञ्जबाट लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा-१४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहा पक्राउ परेका हुन् ।

सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले उनलाई पक्राउ गरेको थियो ।

शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एनुर्फिन, डाइजीपाम र फेनारगन एक/एक सय एम्पुल गरी जम्मा तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

कुशवाहाविरूद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?