+
+

‘प्रेमगञ्ज’मा ‘मैना’ बनिन् बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ११:१६

३ फागुन, काठमाडौं । अभिनेत्री बेनिशा हमाल चलचित्र ‘प्रेमगञ्ज’मा ‘मैना’को भूमिकामा देखिएकी छन् । चलचित्रको सार्वजनिक क्यारेक्टर पोस्टरमा निर्माणपक्षले बेनिशाको बोल्ड अवतार सार्वजनिक गरेको हो ।

परिच्छेद सेनको लेखन तथा  निर्देशन रहेको यो चलचित्रलाई आगामी जेठमा रिलिज गर्ने निर्माणपक्षको तयारी छ । हाल चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

चलचित्रमा तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र चौतारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा अनन्तराम श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । डेढ करोड रुपैयाँ लगानीमा यो चलचित्र बनेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?