
काठमाडौं । द ब्रिटिस कलेजमा यस वर्ष पनि ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुने भएको छ । कलेजका अनुसार ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातका लागि विश्वको सबैभन्दा ठूलो इन्जिन ‘हल्ट पुरस्कार’ हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै, हल्ट पुरस्कार एक पटक फेरि आयोजना हुन लागेको ब्रिटिश कलेजले जनाएको छ । यस वर्षको थिम ‘गेटिङ द वर्ल्ड व्याक टु वर्क’ रहेको छ ।
बीबीए लेभल ५ का विद्यार्थी र ब्रिटिस कलेजको हल्ट पुरस्कारका क्याम्पस डाइरेक्टर ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी उत्साही व्यक्तिहरुको टोलीले यो कार्यक्रम आयोजना गर्न कडा परिश्रम गरिरहेको कलेजले जनाएको छ । यो प्लेटफर्मले ब्रिटिस कलेजका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्पिर्धा गर्ने अवसर प्रदान गर्नेछ । यो अवसर अन्तर्गत एक मिलियन डलर बराबरको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।
आयोजना हुन गइरहेको यो प्रतियोगितामा तीन देखि चार जना विद्यार्थीको टोलीले आफ्नो सामाजिक उद्यम योजनालाई उचाई दिन एकसाथ काम गर्नेछन् । प्रत्येक टोलीले प्रशिक्षण सत्रमा भाग लिनेछन्, साथै विशेषज्ञहरुको सुझाव पनि प्राप्त गर्नेछन् । त्यस्तै उनीहरुले प्रायोजकहरुबाट पुरस्कार पाउन विभिन्न विधामा प्रतिस्पर्धा गर्ने कलेजको भनाइ छ ।
हल्ट पुरस्कारबारे जानकारी दिन सहभागिहरुलाई भर्चुअल अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
केक सेवा, उद्यमी इनोभेसन र भरेन्द्र युनिभर्सिटी इन्टरनेशनल अफेयर्स काउन्सिल लगायतले यो कार्यक्रम प्रायोजनका लागि ब्रिटिस कलेजसँग पार्टनर्सिप गरेका छन् ।
हल्ट पुरस्कार टोलीले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गरेकोमा प्रायोजकहरुलाई धन्यवाद दिन चाहन्छ । साथै, यी इच्छुक उद्यमीहरू समाजमा प्रभाव पार्न अझै थप सहकार्यका लागि खुला छन् भनी पुष्टि गर्न चाहन्छ ।
ग्रिशम तिवारीले भने, ‘यो एक विशेष अवसर हो र दर्ता अझै पनि १५ फ्रेबअरी २०२२ सम्म खुल्ला छ । ब्रिटिस कलेजमा हाल अध्ययनरत सबै विद्यार्थीहरुलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु । समुहमा रहेका वा व्यक्तिगत रहेका एउटा टिम निर्माण गरेर साइन अप गर्न आग्रह गर्दछु ।’
प्रतिक्रिया 4