+
+

पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १४:५१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल/फाइल तस्वीर

३ फागुन, काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो ।

पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी तोकिएको छ ।

पछिल्लो समय बुद्धले क्षेत्रीय उडानलाई प्राथमिकता दिएको छ । पोखराबाट साढे ११ बजे उड्ने जहाज धनगढीबाट भने १२ः४० मा पोखराका लागि उड्ने छ । बुद्धले अहिले पोखराबाट सिमरा, नेपालगञ्ज, भैरहवामा सिधा उडान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?