
३ फागुन, काठमाडौं । आउँदो मार्च महिनामा चन्द्रमामा ठोक्किने अनुमान गरिएको रकेट चिनियाँ भएको खगोलविद्ले बताएका छन् ।
यसअघि मार्च ४ गतेतिर चन्द्रमामा ठोक्किने दिशामा रहेको रकेट संसारकै धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको बताइएको थियो । तर, अहिले आएर खगोलविद्ले उक्त रकेट चीनले बनाएको बताएका छन् ।
सन् २०१४ मा चिनियाँ अन्तरिक्ष एजेन्सीले चन्द्रमाको अन्वेषण लागि पठाएको ‘चाङ इ ५-टी१’ नामक अन्तरिक्ष यानको बुस्टर रकेट ‘२०१४-०६५ बी’ नै चन्द्रमा ठोक्किन लागेको खगोलविद्हरूले बताएका हुन् .
यसअघि अनुसन्धानकर्ताले सन् २०१५ मा मस्कको कम्पनी स्पेसएक्सले बनाएको बुस्टर रकेट फाल्कोन-९ चन्द्रमा ठोक्किन लागेको बताएका थिए । तर, खगोलविद् बिल ग्रेले उक्त रकेट चिनियाँ भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4