
३ फागुन, काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रताप दास र अस्मिता अधिकारी स्वरमा ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यले एरेन्ज गरेका छन् । प्रेमभावको यो गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्माले अभिनय गरेका छन् ।
निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । गीतका निर्माता समेत रहेका शिशिरजय खरेल अस्ट्रेलिया बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4