+
+

म्यानचेष्टर सिटीको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते ८:२१

४ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

स्पोर्टिङको मैदानमा भएको खेलमा सिटीले गोलको वर्षा गर्‍यो । पहिलो हाफमै चार गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल मात्र थप्यो ।

सिटीका लागि बर्नार्डो शिल्भाले १७औं र ४४औं मिनेटमा गोल गरे । रियाद माहारेजले सातौं, फिल फोडेनले ३२औं र रहिम स्ट्रलिङले ५८औं मिनेटमा गोल गरे ।

बर्नार्डो शिल्भाले ५०औं मिनेटमा गरेको गोलललाई भने भिएरले मान्यता दिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?